काठमाण्डौ, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले कांग्रेसको यो निर्णयमा कुनै खालको जालझेल हुन सक्ने बताउनुभएको हो ।…