काठमाडौ, २० कार्तिक ।नेपालका सामुदायिक तथा स्वतन्त्र एफएम रेडियो सञ्चालकहरुको छाता संगठनहरुले आगामी मंसिर ४ को प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा केन्द्रीत सामाग्रीहरुमा निर्वाचन आयोगको भुमिकाप्रति सचेत गराएका छन् । नेपालका सामुदायिक तथा स्वतन्त्र एफएम रेडियोहरुका छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब),ब्रोकास्टीङ्ग एसोसियशन नेपाल (बान), रेडियो ब्रोडकाष्टर्स फोरम नेपाल (आर विएफ नेपाल)ले…