काठमाडौं, १४ पौष । प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संघीयता कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरूले प्रदेशको अधिकार सूचीका विषय हस्तान्तरण गर्न आग्रह गरेका हुन्। बिहीबार र शुक्रबार बागमती प्रदेशका राजधानी हेटौँडामा भेला भएर संघीयता कार्यान्वयनमा संघ सरकार गम्भीर नबनेको निष्कर्ष निकालेका उनीहरूले शनिबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटमा सुदूरपश्चिम बाहेक…