कपिलवस्तु, १० वैशाख । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले पदबाट दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ । लुम्बिनी प्रदेश सरकार प्रवक्ता एवं स्वास्थ्य मन्त्री दीपेन्द्र पुनले कृषि मन्त्री अहिरले दिएको राजीनामा तत्काल मुख्यमन्त्री जोख बहादुर महराले स्वीकृत नगर्ने बताए । मुख्यमन्त्री काठमाडौँ गएको बेला अकस्मात् मन्त्री अहिरले राजीनामा दिएकाले तत्काल स्वीकृत नगर्ने प्रवक्ता…