कपिलवस्तु, पकडी १३ कपिलवस्तुको दक्षिणी भेगमा अवस्थित मायादेवी गाउँपालिका बहुसंख्यक मधेशमूलका समुदायको बसोबास रहेको सामाजिक तथा सांस्कृतिक विविधतायुक्त स्थानीय तह हो। गाउँपालिकाको गत आर्थिक वर्षको न्यायिक समिति सम्बन्धी तथ्यांकले स्थानीय स्तरमा उत्पन्न हुने विवादको प्रकृति, सामाजिक सम्बन्धको अवस्था र न्यायिक पहुँचको अवस्था प्रस्तुत गरेको छ। तथ्यांक अनुसार घर–जग्गा, बाटो तथा जलाशय सम्बन्धी विवाद सबैभन्दा बढी…