काठमाडौं १८ चैत्र। बागलुङ, गुल्मी र प्युठानको संगम बल्देघुरीमा होली खेल्दा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले बताए ।आईतबार होली खेल्न जम्मा भएका दुईवटा समूहबीच झडप हुँदा सो संगमस्थलमा बागलुङको निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश…