गण्डकी

एकै परिवारका तीन जना मृत भेटिए



 गोरखा १० फागुन । गोरखाको बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन ।लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान लगाइएको छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेको तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६