कैलाली, १४ जेठ । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएको बताइएको छ । ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा…