सुदूरपश्चिम

मनकारी युवा अमेरिकाबाट आफ्नो गाउँमा स्वास्थ्य सामग्री सहयोग



दैलेख, ९ जेठ ।  नौमुले गाउँपालिका–६ स्थायी घर भएका मानेन्द्र चन्दले  आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल रु  २५ थान एन–९५ मास्क सहयोग गर्नुभएको छ ।

            चार वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका उहाँले नौमुले गाउँपालिका र स्वास्थ्यचौकीलाई  पठाएको स्वास्थ्य सामग्री कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापा र नौमुलेका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेता छवि सुवेदीले गाउँमै पुगेर वितरण गर्नुभयो ।  जिल्लामा औषधि नपाइने भएपछि काठमाडौँमा दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीसँगको सहकार्यमा  स्वास्थ्य सामग्री खरीद गरी दैलेख ल्याइएको हो । चन्दले दैलेखका पत्रकारलाई  एन–९५ मास्क पनि  सहयोगस्वरुप पठाउनुभएको छ । (रासस)

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६