खोटाङ, ३० भदौ हिन्दू महिलाको चाड हरितालिका तीज देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भने ‘साकेला श्रम अभियान’मार्फत सार्वजनिक पूर्वाधार संरक्षण र सरसफाइको कामलाई निरन्तरता दिइएको छ । अभियानअन्तर्गत वडा नं ५ मात्तिमस्थित साप्सुखोला–गाउँपालिका प्रवेशद्वार तथा त्यहाँ निर्माण गरिएका संरचनाको सरसफाइसँगै आसपासका सडकको मर्मतसम्भार गरिएको हो । प्रवेशद्वार क्षेत्रको सौन्दर्य कायम राख्ने, निर्माण भएका संरचनाको…