सर्लाही, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सर्लाहीमा लेखा अधिकृत र लेखापालाई घुस सहित पक्राउ गरेको छ । हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत र लेखापाललाई चार हजार घुससहित टोलीले पक्राउ गरेको हो । अख्तियारले लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई मंगलबार चार हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ…