काठमाण्डौं,२० असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज बुधवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गर्नुभएको हो । जनता समाजवादी पार्टी जसपा विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुभएको…