काठमाडौँ, २५ जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली (फर्जी) कागजात बनाइ नागरिकताको प्रमाणपत्र दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी कागजात सच्याउने, नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको अभियोगमा निजहरूविरुद्ध आयोगले आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।…