काठमाण्डौ, २४ मंसिर । नेपाली कांग्रेसका नेता डाक्टर मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौमा बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने प्रयास भइरहेको बताउनुभयो । यस्तै, उहाँले १४ औँ महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने दाबी…