रुपन्देही, २२ असोज । लुम्बिनी प्रदेश सरकारले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारमा जाने व्यक्तिहरूको नाम टुंगिसकेको माओवादी केन्द्रका नेताहरूले बताएका छन्।‘हामीले मन्त्रीको नाम टुंग्याइसकेका छौँ । कांग्रेसमा टुंग्याउन बाँकी छ। कांग्रेसको टुंगियो भने आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ,’ माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले भने। माओवादी केन्द्रले…