पर्यटन

खुर्सेदद्वारा रिटायर्ड लाइफमा सकृय राजनीतिको जिम्मेवारी ग्रहण



कपिलवस्तु  २२असोज ।सरकारी सेवामा अधिकृत स्तरको जागिरवाट उमेरहदका कारण अवकास लिएका खुर्सेद अहमद खाँले रिटायर्ड लाइफमा सकृय राजनीतिको जिम्मेवारी ग्रहण  गर्दै नेपाली कांग्रेस कपिलवस्तु नगरको सभापतिको पदभार सम्हालेका छन् । नेपाली कांग्रेस कपिलवस्तु नगर कार्य समितिको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको प्रमाण पत्र बितरण कार्यक्रम गरिएसंगै उनले पदभार लिएका हुन् । 

तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेसका बैकल्पीक केन्द्रिय सदस्य राजेश सिंहले नगर अध्यक्ष खुर्सेद अहमद खा सहीतको कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । उनले आसन्न १४ औ महाधिबेशन को क्रममा भएको सहभागीताले कांग्रेस जनतामा लोकप्रीय रहेको देखिएको बताए । उनले पार्टीका निर्वाचन को क्रममा आन्तरिक प्रतिस्पर्धालाई हार जितका रुपमा नलिई यसलाई सहज प्रकृयाकारुपमा लिनु पर्ने बताए  सो अवसरमा पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यले अहिले कांग्रेस पार्टी भित्र भएको निर्वाचनले पार्टी संगठन मजुबत भएको दाबी गरे । 

उनले यस पटक कपिलवस्तुमा आउने चैतमा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर जिल्लामा एक नम्बरको पार्टी बनाउनु पर्ने बताए । कार्यक्रममा नगर अध्यक्ष खुस्रेद अहमद खाले कपिलवस्तु नगरपालिमा कांग्रेलाई मजुबद बनाउन आफुले अभियान संचालन गर्ने र आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने बताए । नगर अध्यक्ष खाको अध्यक्षता र सचिव नगेन्द्र यादवको संचालनमा भएको कार्यक्रममा पार्टीका पुर्व सभापति राजेश अचार्य, सुधाकर पाण्डेय, नेता लोकनाथ शर्मा, उपाध्यक्ष रामआषिप पायडेय लागतयले शुभकामना मन्तब्य दिएका थिए । 

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६