अर्थ-वाणिज्य

सेबा निबृत्त प्राविधिक जनशक्तिलाई परामर्शका सेवा :मेयर सिंह



कपिलवस्तु २१ असोज कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले सेवा निबृत्त प्राविधि जनशक्तिलाई उपयोग गर्नेगरी पारामर्श सेवामा लगाउने वताउनु भएको छ । उमेर हदका कारण अनिवार्य अवकाश पाएका कपिलवस्तु नगरपालिकाका २ प्राबिधिक कर्मचारीको तौलिहवामा बिदाई गर्दै यस्तो वताउनु भएकोहो ।

 नगरपालिकाले एक कार्यक्रमका बिच दोसल्ला र प्रशंसा पत्र प्रदान गरी ईन्जीनीयर चन्डी प्रसाद देव र सहायक ईन्जीनीय नारायण चौधरीलाई बिदाई गरेको हो । मेयर किरण सिंह, उप मेयर लक्ष्मी गुप्ता र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले दुबैलाई अबिर र टीका फुलमाला लगाई बिदाई गरेका थिए ।

सो अवसरमा मेयर सिंहले सेवानिवृत दुबै कर्मचारीले नगरपालिकामा लामो सयम ईमान्दारी पुवर्क सेवा गरेको भन्दै  नगरपालिकाको विकास निर्माणमा समेत दुबैका योगदान कदर गर्ने वताउनु भयो । कार्यक्रममा उप मेयर गुप्ताले सेवानिवृत हुनुलाई एक प्रकृया भन्दै दुबै कर्मचारीले नगरपालिकामा कत्तब्र्यनिष्ट भएर काम गरेको स्पष्ट पार्नु भयो ।

सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत पौडेलले सेवानिवृत कर्मचारीहरुले आफनो कार्यकालमा अनुशासित र ईमान्दारीपुवर्क काम गरको औल्याउनु भयो  । अढाई दशक भन्दा बढी सयम नगरपालिकामा आफनो अमुल्य समय दिएर सेवा गरेको दुबै जना कर्मचारीहरु मिलनसार रहेको र सेवाग्राहीबाट समेत खासै गुनासो समते नआएको उहाले तर्क गर्नु भयो । उहाले दुबैलाई आगामी दिनमा रचनात्मक काममा लाग्न सुझाव दिनु भयो । कार्यक्रम प्रमुख प्रशाकीय अधिकृत पौडेलको अध्यक्षता र सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको थियो । चौधरी गत असोज ४ र देव गत असोज १४ गते सेवानिवृत हुनु भएको थियो । 

प्रकाशित : २२ आश्विन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६