१९ असोज, धनगढी । कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।सुुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसको ठक्करबाट दार्चुलाको खण्डेश्वरी घर भएका ४५ वर्षीय गणेश बर्मा सुनारको मृत्यु भएको हो…