बुटवल १३ साउन ।काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्यमा सुधार आएको छ। स्वास्थ्यमा सुधार आएपछि बुधबार विहान उनलाई आइसियुबाट नर्मल वार्डमा सारिएको छ।न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन्। पाण्डेको अवस्था खतरामुक्त रहेको अहिले नर्मल वार्डमा राखेर उपचार भइरहेको…