जीवनशैली

कपिलवस्तुमा एक बर्षमा ५ करोडबढीको अबैध सामान जफत



कपिलवस्तु १२  साउन।नेपाल प्रहरीले कपिलवस्तुमा एक बर्षको अवधिमा अबैधरुपमा भित्राइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ । गत आर्थिक बर्ष २०७७/७८ मा प्रहरीले भारतबाट अबैधरुपमा भित्राइएका कुल ५ करोड ७० लाख ३७ हजार ३७५ रुपैयाको बिभिन्न माल सामान बरामद गरेको हो । आर्थिक बर्ष २०७६/०७७ मा जम्मा १ करोड २ लाख१९ हजार ३६१ को माल सामान बरामद भएको थियो । प्रहरी उपरिक्षक दान बहादुर कार्कीले तस्करहरुमाथी निग्रानी बढाइए पछि यस्तो परिणाम आएको बताए । गत आर्थिक बर्षको असारमा सबै भन्दा बढी ९९ लाख ९४ हजारको सरसमानम बरामद गरिएको थियो ।

 यस्तै गत साउनमा ९२ लाख २३ हजारको सामान पक्राउ परको थियो । गत बर्ष २ करोड ६६ लाखको सवारी साधान, २४ लाख २५ हजारको किराना सामान, मटर केराउ २१ लाख १८ हजार, लत्ताकपडा ३३ लाख ९९ हजार, रागा भैसी ३२ लाखा १४ हजार, खसीबोका २६ लाख ४० हजारको पक्राउ गरिएको थियो । यस्तै १९ लाखको इल्ेक्ट्रीक सामान, ३५ लाख ५० हजारको चल्ला तथा माछा, १६ लाख नगद, ४५ लाख ६१ हजारको सुनचादी, १६ लाख ८८ हजारको काठ, १६ लाख ६६ हजारको गोरुगाई तथा अन्य समान १५ लाख ५४ हजारको बरामद भएको प्रहरी नायब उपरिक्षक धर्मराज भनडारीले बताए । 

पक्राउ गरिएको मालसामानहरु सुठौली र कृष्णनगर भन्सारमा बुझाइएको भन्डारीले बताए । सुठौली भन्सारका प्रमुख रमेश खड्काले प्रहरीले निग्रानी बढाउदा एक बर्ष मै साढे ५ करोडको अबैध सामान बरामद गर्न सफल भएको बताए । प्रहरीकै कडाईका कारण स्ुठौली र कृष्णनगर भन्सारको लक्ष्य समेत पार भएको उनले बताए । 

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६