गुल्मी १० साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । प्रवक्ता ज्ञवालीले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकढिक्का भएर अघि बड्ने बताउनुभयो । उहाँले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउँदै गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने…