अर्थ-वाणिज्य

छोरी बिमा दाइजो विरुद्धको अस्त्र बन्ने संकेत



लुम्बिनी १० साउन ।  रूपन्देहीको गैडहवा गाउँपालिका–१ का आशिषचन्द्र प्रजापतिले ०७७ साउन २१ गते जन्मिएकी छोरीको बिमा गरिदिएका छन् । छोरी जन्मिएको दुई महिनामै जन्मदर्ता गराएर बिमा गराएको उनले बताए । बिमाकै लागि छिटो जन्मदर्ता गराइएको उनले बताए ।  गाउँपालिकाले ०७५मा बालिका बिमा ऐन बनाई लागू गरेपछि त्यसयता जन्मिने हरेक छोरी र पालिकामा रहेका छोरीले पढ्नेदेखि बाल्यकाल आमाबुबासँगै दाजुभाइसरह बिताउन पाउने भएका हन् । 

बालिका २० वर्ष पुग्नुअगावै विवाह भएमा बिमा रकम नदिइने भएकाले पनि त्यतिन्जेलसम्म बालिकाले पढ्न पाउने स्थिति निर्माण हुने गरी योजना अघि बढाइएको हो । गाउँपालिकाले सुविधा दिएकाले उत्साहित भएर बिमा कार्यक्रममा सहभागी भइरहेको स्थानीयले बताए । स्थानीयले आफ्नो कामबाहेकका विषयलाई चासो नदिने भएकाले यसको प्रचार आवश्यक रहेको प्रजापतिले बताए ।

प्रकाशित : ९ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६