अर्थ-वाणिज्य

उद्योग र कृषिमा क्रान्तिको सुरुवात : स्थानीय विकासमा ठूलो उपलब्धी हासिल



कपिलवस्तु ९ साउन वाणगंगा नगरपालिकाले गत आवमा भौतिक संरचना निर्माणमा ठूलो उपलब्धी हासिल गरेको छ । नगरले उद्योग र कृषि क्षेत्रको क्रान्तिको सुरुवात भएको दावि गरेको छ । प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालका अनुसार  १५ किमी सडक कालोपत्रे भएको छ । १९ वटा विद्यालयमा भौतिक संरचना थपिएका छन् । ३ वटा वडा कार्यलयको अत्याधुनिक कार्यलय भवन बनेको छ । साुमदायिक भवन निर्माण र कभर्डहल निर्माणमा उपलब्धी भएको छ । हथौसामा कृषि उपज संकलन केन्द्र र भलवाडमा औधोगिक ग्राम निर्माणको विशेष महत्वपूर्ण काम अघि वढेको छ । यस्ता छन् बाणगंगाका गत आवका अन्य उपलब्धी : 

धुलो र हिलो रहित नगर :

पक्कि सडक , सडकको स्तरउन्नती , ग्राबेल , पक्कि नाली निमार्ण लगायतम खर्च भएको छ  । एक वर्षको अवधिमा पालिकाले १५ किलोमिटर सडक पक्कि गरेको छ । धुलाम्मे सडकहरु पक्कि बने सँगै नागरिकलाई आवतजावतमा सहज भएको छ । पक्कि बनेका सडक आसपासका जमिनहरुको समेत जमिनको भाउ बढेको छ । गाउँ गाउँ बस्ती बस्तीमा सडक सञ्जालहरु जोडिदा स्थानियलाई फाइदा पुगेको छ । गाउँका सडक सजिला बन्दा किसानले उत्पादन गरेका सामाग्रीहरु वजार सम्म ल्याउन सहज भएको स्थानिय कृष मनिला चौधरीले बताउनु भयो । 

उद्योग र कृषिमा क्रान्तिको सुरुवात :

नगरले गरेका महत्वपुर्ण काम वडा नं ९ हथौसामा बन्दै गरेको कृषि संकलन केन्द्र , वडा नं ९ को भलवाडमा बन्दै गरेको औद्योगिकग्राम हो । कपिलवस्तुका अरु पालिकाले अहिले सम्म गर्न नसकेको काम नगरमा औधोगिक ग्राम निर्माण र विशाल आकारको कृषि उपज संकलन केन्द्र निर्माण हो । यी दुबै काम तीव्र रुपमा भएकाछन् । यी २ कामलाई उद्योग र कृषिको क्षेत्रमा क्रानितको सुरुवात मान्नु पर्ने हुन्छ । शिक्षा तर्फ विद्यालय पुर्वाधारमा नगरले ठुलो लगानी लगाएको छ । नगरभित्र रहेका १९ वटा विद्यालयमा पुर्वाधार बनेका छन । 

सरकारी र सामुदायिक भवनमा उल्लेख्य बृद्धि  :

नगरले वडा नं २,६,८ को आफ्नै सुविधा सम्पन्न भवन निमार्ण गरि सोहि कार्यालयबाट सेवा दिने गरेको छ । यस्तै वडा नं ३ को भवन बनाउन टेन्डर भई काम शुरु भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेब खनालले बताउनु भयो । वडा नं ११ मा सामुदायिक भवन बनेको छ । त्यस्तै मुटु अस्पताल वुटवलसँग सहकार्य गरेर नगरपालिकाको वडा नं २ स्थित जेसिसहलको माथि तला थपिएको छ । जसबाट डायलसिस सेवा दिइने छ । 

९० प्रतिशत उपलब्धी र सयम थप :

नगरपालिकाको आर्थिक वर्षको अन्त्य सम्ममा ९० प्रतिशत काम सकिएको वताइएको छ । सम्पन्न हुन नसकेका केहि योजनाहरुको वजेट फ्रिज नजाओस भनी कार्यपालिकाको  वैठक बसी म्याद थप गरिएको छ , प्रमुख प्रशासकिय अधिकृत खनालले बताउनु भयो । 

आगामी बर्षको खर्च  प्रक्षेपण :

नगरको चालु खर्च तर्फ रु ८७ करोड २१ लाख १३ हजार पूँजीगत खर्च ४१ करोड ११ लाख ३५ हजार ४ सय ८० क्षेत्रगत बाडफाँड  आर्थिक विकास तर्फ रु ६ करोड ७९ लाख ९८ हजार  भौतिक पूर्वाधार तर्फ रु ३१ करोड ९७ लाख४ हजार , सामाजिक विकास तर्फ शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षा समेत रु ४७ करोड ५५लाख ७४ हजार , शुसासन तथा अन्तर सम्बन्धित क्षेत्र १ करोड २७ लाख ५ हजार कार्यालय संञ्चालन तथा प्रशासनिक खर्च १५करोड ८७ लाख ४६ हजार रहेको छ ।  प्रत्येक वडाहरुलाई जनसंख्या, भौगोलिक विकटता, वडाको क्षेत्रफल, राजस्व संकलन योगदानको आधारमा १२ करोड ५० लाखविनियोजन गरिएको छ । प्रत्येक वडाको सन्तुलित विकासको लागि नगरस्तरीय योजनाबाट रु. ४५ लाख भौतिक पूर्वाधार तर्फ बजेट बिनियोजन गरिएको  छ । 

अवका विशेष योजना : 

चक्रपथ निर्माण,भलवाडमा डम्पीङसाइट निर्माण , र वाणगंगा नदी किनारमा बसपार्क बनाउने काम नगरका चालु आवमा महत्वपूर्ण योजना हुन् । यस्तै  भौतिक पूर्वाधार तर्फ आ.व.२०७८/०७९ का बजेटका मुख्य क्रमशः  बन्डौली गन्सहवा देखि चप्पर गाउँ जोड्ने सडक कालोपत्रे , गजेहडा तिनकुने चोक देखि गंगोलिया हुँदै राजापानी जोड्ने सडक कालोपत्रे , चम्किपुर देखि ठाटी जोड्ने सडक कालोपत्रे , भावपुर भेलरैया गोगापुर विरपुर हुँदै मिलन चोक जोड्ने सडक कालोपत्रे ,  मटेरिया चौपारी स्कुल हुदैं मधौली जोड्ने बाटो कालोपत्रे ओदारी लिटिस्टार हुंदै भडसहवा जोड्ने बाटो कालोपत्रे , कुनैयादेखि पञ्जावीचोकसम्म र तीनकु ने हुँदै गब्दैया गाउँसम्म सडक कालोपत्रे  वभनी देखि तिलकाना सम्म सडक कालोपत्रे, सिद्दिपुर गाउँ देखि होराईजन चोक,शान्तिडाँडा पर्वत राईसमिल देखि सगरमाथा राईसमिलसम्म सडक कालोपत्रे  गर्ने गरी विनियोजित गरिएको छ । 

 मटेरिया–दुर्गा नगर, तीनकुने सिमलखोर र प्रतिडाँडा वैदौली सडक कालोपत्रे , भगलापुर बड्की, बनकसीया हरनामपुर र वैदौली भगलापुर जोड्ने सडक कालोपत्रे , बनगाई मोतिपुर सडक विस्तार, नाली निर्माण तथा कालोपत्रे , मधुवन विद्यालय देखि बोडगाउँ सडकमा नालि तथा कुलो निर्माण , र चौवा दर्गा मन्दिर देखि सालघारी सम्म सडक कालोपत्रे , ओदारी अस्थायी पोष्टदेखि पूर्वजाने सडक कालोपत्रे ,  पिपरा अस्पतालको संचना निर्माण तथा स्तरोन्नती ,  कर्महना चोकबाट गाउँ जानेबाटो कालोपत्रे , बबनी खोलामा कर्ल्भट निर्माण  गरिने छ ।  ब्रह्माकुमारीको अधुरो भवन निर्माण , सामुदायिक अस्पतालमा कम्पाउण्ड बाल निर्माण , ठाकुरापुरा बाणगंगा उच्चमा.वि. कम्पाउण्ड  भित्रको कबर्डहल निर्माण  जेष्ठ नागरिकको अपुरो भवन निर्माण ,  कपिलवस्तु संचार सहकारी जाने सडक कालोपत्रे राखिएको  छ । 

७०: ३० को साझेदारी अभियान :

 ७०/३० भौतिक पूर्वाधार विकास कार्यक्रम ,फोहोर प्रसोधन प्लान्ट जडानका लागि प्रारम्भिक वातावरणीय अध्ययन ,ल्याण्डफिल्डसाईडको र पूर्वाधार निर्माण ,चक्रपथ निर्माण ,ओदारी गाउँभित्र सडक कालोपत् तथा अधुरो नाली निर्माण , ब्लड बैंक जाने सडक स्तरोन्नती  मदरसा पूर्वाधार , बुद्ध रंगशाला कवर्डहल , सिउटी प्रतिक्षालय चोक देखि हथौसा गाउँ जोड्ने सडक कालोपत्रे , बिसनपुर चोक देखि पुरानो दिही जोड्ने सडक कालो पत्रे राखिएको  छ ।  झँुगा चोक देखी तिल्लो झँगा हुँदै कालाबन्जार जोड्ने सडक कालो पत्रे ,  जनज्योति उच्च मा.वि. मोतिपुरको  भौतिक संरचना निर्माण , सुरक्षित नागरिक आवास कार्यक्रम, सिचाई कुलो निर्माण , नगर सडक यातायात गुरुयोजना , बसपार्कको डिपिआर निर्माण , वडा कार्यालय प्रशासनिक भवन निर्माण  राखिएको  छ ।  घरधुरी नम्बरीङ र अभिलेखिकरण , आयुर्वेद अस्पतालको भवन निर्माण , लक्ष्मणघाट सब दाह स्थल व्यवस्थापन बाणगङ्गा, कोईली, घिरिखोला नदी उकास जग्गा व्यवस्थापन , सार्वजनिक जग्गा व्यवस्थापन जस्ता कार्यक्रमहरु रहेका छन । 

गौशाला देखि शशस्त्र क्याम्प सम्म निर्माण :

त्यसैगरी सामुदायिक भवन निर्माण तर्फ  भू.पू.सैनिक जिल्ला कार्यालय भवन निर्माण,  वडा कार्यालय भवन निर्माण  , गौशाला निर्माण , कपिलवस्तु सामुदायिक अस्पताल , फे दवा चौकीको जीर्ण भवन मर्मत , सिद्धार्थ क्याम्पसको प्राविधिक शिक्षा संचालनको लागि भवन निर्माण , ईलाका प्रहरी कार्यालय पिपरा ब्यारेकभवन निर्माण, रोटरी क्लव भवन निर्माण , वि.पि. स्मृती भवन निर्माण , संचार गृह भवन निर्माण , राजेश आस्था फाउन्डेसन अधुरो भवन निर्मण ,डाईलोसिस सेन्टर निर्माण (जेसिज भवन) सि.सि.क्यामेरा जडान , स्थानीय तह प्रकोप व्यवस्थापन कोष , नवीकरणीय ऊर्जा प्रवधि जडान (वायोग्याँस/विद्युतीय चुलो/ सुधारिएको चुलो/सौर्य ऊर्जा) , अपाङ्ग उत्थान समाज भवन , विभिन्न मिडियाहरुसं ग सहकार्य , वडा प्रोफाईल निर्माण , आवधिक योजना निर्माण, मध्यकालिन खर्च सं रचना तयारी र मध्यकालिन बजेट संरचनाको तयारी जस्ता कार्यक्रमहरु रहेका छन ।

आम्दानीका श्रोतको लेखाजोखा :

यस नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा संघ र प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण, सशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, विशेष अनुदान, मौज्दात रकम, आन्तरिक आय र लागत सहभागिता समेतबाट रु.१अर्ब २८ करोड ३२लाख ४८ हजार ४सय ८० हुने अनुमान गरिएको छ ।  जस मध्ये संघीय सरकारवाट अनुदान ६३ करोड ६६ लाख ,प्रदेश सरकारबाट अनुदान ४ करोड ८२ लाख २१ हजार , राजस्व बाँडफाँडबाट प्राप्त २२ करोड ६७ लाख ६२ हजार ४ सय ८० , आन्तरीक श्रोतबाट अनुमानित आय ९ करोड २७ लाख ६५ हजार , लागत जनसहभागिता २ करोड ५० लाख , सामाजिक सुरक्षा लगायत अन्य २५ करोड ३९ लाख रहेको छ । 

समृद्धीका लागि सहकार्य र सामुहिक संस्कार :

“सम्बृद्ध बाणगङ्गाको मूल आधार कृषि, पर्यटन, वातावरण, पूर्वाधार र रोजगार“ को मूल नारालाई मूर्तरुप दिन भरपर्दो सर्वसुलभ, गुणस्तरीय सेवा तथा सुविधा नगरवासीहरुलाई उपलब्ध गराई उनीहरुको जीवनस्तरमा क्रमिक सुधार गर्न लागेको नगरपालिकाको भनाई छ ।  वाणगंगाका उद्देश्य तथा प्राथमिकताका क्षेत्र अन्तरगत सबै किसिमका बिपद र महामारीबाट नगरवासीको जीवन रक्षा गर्ने बताइएको छ ।  गुणस्तरीय सार्वजनिक सेवा प्रबाह गर्दै सुशासनलाई संस्थागत गर्ने ।न्याय र नैतिकताका आधारित हिसा रहित  स्वस्थ र मर्यादित जीवनशैली युक्त समाज निर्माण गर्ने । नगरको विकास र सम्मृद्धिका लागि सहकार्य र सामुहिकताको संस्कारलाई  प्रवद्र्धन गर्ने जनाइएको छ । 

अधुरा आयोजना पुरा गर्ने वर्ष :

चालु आव  रणनीतिक महत्वका आयोजनाहरु पुरा गर्ने बर्षका रुपमा रहने उपमेयर चक्रपाणी अर्यालको भनाईछ ।  अधुरा आयोजनाहरुको निरन्तरता र सम्पन्न योजनाहरुको मर्मत सम्भार गरी त्यसको दिगोपना सुनिश्चितता  गरिने छ । स्वास्थ्य पूर्वाधारहरुको विकास र विस्तार गरी गुणस्तरीय एं व सर्व सुलभ स्वास्थ्य सेवा प्रदान गरिने समेत जनाइएको छ । कृषि क्षेत्रमा ज्ञान, सीप तथा पूजी परिचालन गरी उत्पादन अभिबृद्धि मार्फत रोजगारी सिर्जना र गरीवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने । समाजमा विद्यमान सबै किसिमका असमानता एंव हिसाको ं निवारण गर्दै सम्पूर्ण वर्ग, क्षेत्र र समुदायको सशक्तिकरण एंव मूल प्रवाहीकरण गरिने छ  । 

जनसहभागिता  उत्साहवद्र्धक :

सीपमूलक एंव व्यवसायीक कार्यक्रम प्रबद्र्धन  गर्नुका साथै उद्यमशील संस्कृति विकास गर्दै स्वरोजगार सिर्जना गरिने जनाइएको छ ।  नगरपालिकाले स्थानियको सहभागितामा विकास निमार्णका कामहरु गरेको नगरका वताउदै मेयर मंगल थारुले जनसहभागिता  उत्साहवद्र्धक रहेको दावि गर्नु भयो । सबै सँग समन्वय र सहकार्य गर्दै नगरले काम गरेको छ , उहाँले भन्नु भयो ।  नगरले फोहोर व्यवस्थापनका लागि स्थान तय गरेको  नगरका मेयर मंगल प्रसाद थारुले बताउनु भयो । नगरलाई सुन्दर र हराबरा बनाउने काममा नगर लागेको छ । यसमा सबैको  साथ र सहयोग , सकारात्मक आलोचना आवश्यक छ , मेयर थारुले भन्नु भयो । 

प्रकाशित : ९ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६