कपिलवस्तु,११ असोज कपिलवस्तुमा ट्रयाक्टरले खेत जोत्ने क्रममा एक युवकको मृत्यु भएको छ । ट्रयाक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको हो ।लु४त ७९२१ नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा रोडावेटरभित्र पर्दा घटनास्थलमै कहाँरको मृत्यु भएको ईप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जानकारी दिनुभयो ।शव पोष्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगंज…