काठमाण्डौ,असोज २२, । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको…