तुलसीपुर,२० असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार (आज) एक वर्ष पूरा भएको छ । गएको वर्ष प्रदेश सभा स्थापना भएको तीन वर्षपछि असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो ।प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र २…