लुम्बिनी १० साउन । रूपन्देहीको गैडहवा गाउँपालिका–१ का आशिषचन्द्र प्रजापतिले ०७७ साउन २१ गते जन्मिएकी छोरीको बिमा गरिदिएका छन् । छोरी जन्मिएको दुई महिनामै जन्मदर्ता गराएर बिमा गराएको उनले बताए । बिमाकै लागि छिटो जन्मदर्ता गराइएको उनले बताए । गाउँपालिकाले ०७५मा बालिका बिमा ऐन बनाई लागू गरेपछि त्यसयता जन्मिने हरेक छोरी र पालिकामा रहेका छोरीले पढ्नेदेखि बाल्यकाल आमाबुबासँगै दाजुभाइसरह बिताउन पाउने…