प्रदेश

मुख्यमन्त्री पद जोगाउन कुनै सम्झौता गर्न चाहिन : मुख्यमन्त्री शाक्य



हेटौडा, ४ कार्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पद जोगाउन कुनै सम्झौता गर्न नचाहेको बताएकी छिन् ।

प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएकी मुख्यमन्त्री शाक्यले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए पनि आफूले नैतकिताका आधारमा विश्वासको मत लिने बाटो रोजेको बताएकी हुन् ।

‘प्रदेशमा बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री भएपछि दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार अल्पमतमा पर्‍यो’, बिहीबार शाक्यले प्रदेशसभाको रोष्ट्रममा उभिएर भनिन्, ‘त्यसपछि पनि मलाई विभिन्न प्रस्ताव आएका थिए, मुख्यमन्त्रीमा निरन्तरता दिने प्रलोभन सहित । तर, मैले त्यसलाई स्वीकार गरिनँ । नैतिकताका आधारमा विश्वासको मत लिने बाटो रोजेकी छु ।’

उनले गएको असोज २२ गते नै विश्वासको मत लिने प्रस्ताव राखेको भन्दै २४ गते प्रदेशसभामै विश्वासको मत लिने प्रस्ताव पेस गरेको उल्लेख गरिन् । ‘आज विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ, माननीय ज्यूहरूले विवेकसम्मत रूपमा आफ्ना भनाइ राख्नुहोला’, शाक्यले भनिन्, ‘एमाले र माओवादीको एकतापछि दुईतिहाइ बहुमतमा रहेको सरकार ढलेको छ । अस्थिरताको श्रृंखला फेरि सुरु भएको छ ।’

उनले आफूले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको डटेर विरोध गरेको र अहिले त्योभन्दा निकृष्ट अध्यादेश ल्याएर दल विभाजन भएको भन्दै खेद प्रकट गरिन् ।

शाक्यले आफ्नो कार्यकाल दुई महिना मात्र भए पनि विगत सरकारले गरेको कामलाई आफ्नो सरकारले गरेको भन्दै उपलब्धिका रूपमा सार्वजनिक समेत गरिन् ।

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६