बुटवल, वैशाख १७ । लुम्बिनी प्रदेश सभाले पदमुक्त गरेपछि जनता समाजवादी पार्टीका ४ जना प्रदेश सभा सदस्य कानुनी उपचारमा जाने भएका छन् । पार्टीको कुनै आधिकारिक निर्णयबिना आफूहरूलाई प्रदेश सभा सचिवालयले पदमुक्त गरेको भन्दै त्यसविरूद्ध आजै सर्वोच्च अदालतमा जाने जसपा नेता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले बताउनुभयो।प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी…