दैलेख, १९ जेठ । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिंदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ ।गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई गोठमा सारिएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर…