प्रदेश

पुरानो नगरको नयाँ फड्को ,एकैदिनमा धेरै बर्षको काम



कपिलवस्तु २ असोज नेपालकै पुराना नगरपालिका मध्ये एक कपिलवस्तु नगरपालिकाले स्वास्थ्यसेवामा नयाँ फड्को हानेको छ । ५ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रको एकसाथ समुद्घाटन गरेसंगै सबै वडामा स्वास्थ्य केन्द्रको पहुच पुगेको हो । जनताको स्वास्थ्य सेवाको पहुच बढाउन कपिलवस्तु नगरपालिकामा वडा नम्बर १, २, ३,४ र १० मा एक एक वटा सेवा केन्द्र संचालनमा ल्याईएको हो । हरेक वडामा स्वास्थय केन्द्र स्थापना गर्ने सरकारी निति अनुसार ती वडामा केन्द्र स्थापना गरिएको छ । यसै बिच कपिलवस्तु नगरपालिका वडा नम्बर १ को भवानी भिक्षु चोक टोलमा स्थापना गरिएको केन्द्रको नगर प्रमुख किरण सिंहले रिबन काटेर सेवा शुभारम्भ गर्नु भयो  । सो अवसरमा स्वास्थ्य सेवाको पहुच बढाउन केन्द्र स्थापना गरिएको मेयर सिंहले बताउनु भयो  । 

    स्वास्थ्य सेवालाई नगरपालिकाले प्राथमिकतामा राखेको र स्वास्थ्य केन्द्रलाई क्रमशः स्त्तोरन्नती गर्दै लगीने उहाको भनाइछ  । यस अघि नगरपालिकाका बाकी ८ वटा वडामा भने स्वास्थ्य चौकी संचालनमा  रहेकाछन । प्रत्येक स्वास्थ्य केन्द्रलाई संचालन गर्न सरकारले बार्षिक ५ लाख रुपैयाका दरले अनुदान दिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिनु भयो । प्रत्येक केन्द्रमा एक जना अहेब, एक जना  अनमी र एक जना कार्यालय सहयोगी नियुक्त गरिएका छन ।

     केन्द्रमा खोप, पोषण, परिवानियोजन, बिरामी जाच लगाययका सेवा उपलब्ध हुने छन । केन्द्र संचालनकालागि सग संघीय सरकारले उपलब्ध गराएको रकम अपुग भएकाले थप रकमकालागि आग्रह गरिएको संयोजक गुप्ताले प्रष्टयाउनु भयो  । वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलले आफनो वडामा स्थापना भएको पहिलो सरकारी स्वास्थ्य केन्द्रको स्तर बढाउन कुनै कसर नछोडिने तर्क गर्नु भयो  । ‘ अहिले सूरुवात गरेका छौ बिस्तारै केन्द्रको स्त्तर बढाउदै लानेछौ ’ उहाले औल्याउनु भयो ।  निकट भबिष्यमा डाक्टर सहीतको सेवा प्रारभ्भ गनैमा योजनामा छौ ’ पौडेलको भनाइछ । 

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६