प्रदेश

आश्चर्यजनक विवरण : भैरहवा मेडिकल कलेजमा मृत्यूको खेती



भैरहवा ३१ भदौ । भैरहवा मेडिकल कलेजले मृत्यूको खेती गर्ने गरेको पुष्टि भएको छ । विवरण अनुसार सर्वसाधारणको अकाल मृत्यु नगन्य भएको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा २ बर्षको बिचमा २ जना चिकित्सकले ज्यान गुमाएका छन त्यो पनि चिकित्सककै लापर्वाहीका कारणले ।२०७५ साल साउन २० गते भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा बिडिएस तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थी महादेव शाहको मृत्यु भयो ।

     सोही कलेजमा अध्ययनरत विद्यार्थी शाहको मृत्यु उपचारमा गरिएको हेलचेक्र्याईंबाट भएको भन्दै सोही कलेजमा अध्यायनरत उनका सहपाठीहरु आन्दोलनमा उत्रिए ।साउन १४ गते पिलोको अपरेशन गरेका शाह केही दिनपछि छाती दुख्ने, शरीर झमझमाउने समस्या देखिएपछि साउन १८ गते पुनः अस्पतालको इमरजेन्सीमा पुगेका थिए । अस्पतालको ईमरजेन्सी हुदै आईसियु पुर्याईएका शाहको साउन २० गते राती बिहान निधन भयो ।सहपाठीको हेलचेक्र्याईबाट निधन भएको घटनाले बिछिप्त बिद्यार्थीहरुको आक्रोस बढदै जादा कलेज तोडफोड मात्र होईन समाचार संकलनका लागि गएका पत्रकारहरु माथी समेत आक्रमण भयो ।उक्त कलेजमा घटेको घटनाका सम्वन्धमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बरिष्ठ चिकित्सक डा बिष्णु पौडेलको संयोजकत्वमा छानविन समिती गठन गर्यो ।

    स्थानीय प्रशासनद्वारा गठित उक्त छानबिन समितिले शाहको मृत्यु उपचारमा गरिएको हेलचेक्र्याईंका कारण भएको प्रतिवेदन बुझायो ।समितिले जिल्ला प्रशासन कार्यालयमा पेश गरेको आफ्नो प्रतिवेदनमा बिरामीको चिरफार गरिएको घाउ अत्यन्त संवेदनशील स्थानमा रहेको र त्यसले बिरामीलाई पुग्न जाने अन्य असरको बारेमा अस्पताल सजग भएको नदेखिएको उल्लेख गरिएको छ।

    प्रतिवेदनमा विद्यार्थी शाहले पेट र छाती दुखेर इमरजेन्सीमा आइ चेकजाँच गराउँदा गरिएको इसिजी रिपोर्टमा मुटुमा समस्या देखिएको भए पनि निगरानीमा राख्नुपर्ने बिरामीलाई इसिजी रिपोर्टबारे ध्यानै नदिइ बिरामीको आग्रह भन्दै डिस्चार्ज गरेका कारण बिरामीको मृत्यु भएको उल्लेख गरेको छ ।समितिले मेडिकल कलेजले उपचारमा समेत आउन सक्ने जटिलतालाई ध्यानपूर्वक नलिँदा हुन गएको अपुरणीय पारिवारिक क्षतिलाई मनन गरी प्रचलित कानुनबमोजिम राहत दिनुपर्ने सुझाव समेत दिएको थियो ।तर मृतक महादेव शाहका परिवारले क्षतीपुर्ती र राहत पाउनुको सट्टा धम्की र चेतावनी मात्र पाई रह्यो ।

    शाहको परिवार कहिले जिल्ला प्रशासन कार्यालय कहिले मेडिकल काउन्सील कहिले अदालतको ढोक ढकढक्याई रहेको छ । तर उपलब्धी निराशा बाहेक केही छैन ।उक्त मुद्धा अहिले जिल्ला अदालत रुपन्देहीमा बिचाराधिन छ । यो गम्भिर बिषय हो भविश्यको योग्य चिकित्सकको अस्पतालको लापर्वाहीले गएको छ । यसको न्याय मिल्नेछ उक्त मुुद्धा हेरी रहेका बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले भने ।    महादेव शाहकै नियति सोही कलेजका हाडजोर्नी बिभाग प्रमुख ज्ञानेश्वर प्रसाद सिंहले भोग्नु बाध्य भएका छन । तर महादेव शाहकै परिवारले जस्तै कहिले काउन्सील र कहिले अदालतको ढोका चाहर्नुपर्ने अवस्थामा सिहंको परिवार समेत पुगेको छ ।

    एक बर्ष अघि भदौ १० गते सोही मेडिकल कलेजका हाडजोर्नि बिभाग प्रमुख डाक्टर ज्ञानेश्वर प्रसाद सिंहको खाना खाने क्रममा घाँटीमा मासुको हड्डी अड्कियो । उनलाई राती ११ बजे सोही मेडिकल कलेजमा पु¥याइयो । अस्पतालमा पुगेको १० घण्टा पछि नाक, कान, घाँटीका डाक्टर विश्व तुलाचन, एनेस्थेसियाकी लक्ष्मी पाठक र कार्डियोथोरासिक सन्तोष साहको टिमले डाक्टर सिंहको अपरेशन ग¥यो ।अपरेशनमा संम्लग्न चिकित्सकहरुले आधा हड्डी निकालेको र आधा हड्डी तलतिर धकेलिदिएर अपरेशन सफल गरेको भन्दै परिवारलाई जानकारी दिए । तर उनलाई निको हुनु सट्टा घाँटी सुन्निदै गयो । मेडिकल कलेजले पुनः केही दिन पछि जांच गर्दा सिंहको समस्या बढदै गएको पाएपछि एकाएक हेलिकप्टर चार्टर गरेर काठमाण्डौ पठायो ।

    काठमाण्डौ लगिएपनि डाक्टर सिंहको अवस्था सुध्रिएन ६ महिनाको उपचारपछि उनको गत माघ महिनामा शिक्षण अस्पतालमा उनको निधन भयो ।डाक्टर सिंहको परिवारले उनको मृत्युको कारण खोतल्नु पर्छ र सिंहको उपचारमा लापर्वाही गरेकोले सजाय पाउनुपर्छ भनेर मेडिकल काउन्सीलमा निवेदन दियो ।मेडिकल काउन्सिलले झन्डै ८ महिना लगाएर यो विषयमा अनुसन्धान ग¥यो । उक्त अनुसन्धानबाट एकातिर सिंहको उपचारमा संलग्न चिकित्सकको हेलचक्रयाइँ देखिएको भन्दै उपचारमा संलग्न डाक्टर विश्व तुलाचनलाई एक वर्षको प्रतिबन्ध लगायो ।

    मेडिकल काउन्सीलका अनुसार उपचारमा सम्लग्न भएका शन्तोष साहको कुनै भुमिका नदेखिएको भन्दै सफाई दिएको छ भने अन्य चिकित्सकहरुलाई आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।मेडिकल काउन्सिलले युनिभर्सल मेडिकल कलेजमा आचार संहिता अनुसार काम गर्ने उपयुक्त प्रणाली नभएको पनि निष्कर्ष पनि निकालेको छ । सोही प्रकृतीको निष्कर्ष सहितको प्रतिवेदन डा बिष्णु पौडेलको समितीले समेत स्थानिय प्रशासनलाई बुझाएको थियो ।

    मेडिकल काउन्सीलले ’अस्पतालको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्न स्वास्थ्य सेवा प्रभावकारिताको व्यवस्थित प्रोटोकल तथा निर्देशिकाहरू बनाइ लागु गर्न गराउन आवश्यक रहेको निर्देशन दिएको छ भने यस अघिको समितीले समेतत्यही सुझाव दिईएको थियो । मानिसको मृत्युलाई मुल्यहिन ठान्दै आएकोले यस्ता प्रकृतीका सुझावहरु अर्थहिन देखिएका छन

प्रकाशित : ३१ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६