अर्घाखाँची २३ माघ। अर्घाखाँचीमा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो ।भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भएपछि कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेती तर्फ आर्कषित भएको उहाँको…