काठमाडौँ ९ पुष । केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ। एक पार्टी हुँदा बिष्णु पौडेल नेकपाका महासचिव थिए। पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको समूहले बिहीबारको केन्द्रीय कमिटी बैठकबाट पौडेललाई हटाएर उनको ठाउँमा पाण्डेलाई महासचिव नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको…