काठमाण्डौ ८ पुष । संसद् विघटनको विरुद्धमा सर्वोच्चमा परेका रिटमाथिको प्रारम्भिक सुनुवाइका क्रममा अधिवक्ताहरूले संसद् विघटनको कदम असंवैधानिक भएकाले यसको खारेजीको माग गरेका छन् । बुधबार (आज) रिटमाथि भएका बहसको नेपाल बार एसोसिएशनको भवनबाट प्रत्यक्ष सुन्न पाउने व्यवस्था गरिएको थियो । बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको कुन धारालाई टेकेर संसद् विघटन भएको हो…