पाल्पा, १८ जेठ । हालै सिमा नाकाबाट पाल्पा भित्रिएका सबै नागरिकहरुको कोरोना परिक्षणको नमुना संकलन रोकिएको छ । देशव्यापी रुपमा भारतीय सिमा नाकाबाट भित्रिएका व्यक्तिहरुको कोरोना संक्रमण पोजेटिभ देखिईरहेको समयमा पाल्पामा भने किट अभावको कारण परिक्षण गर्न छोडिएको हो । प्रदेश सरकारले नै लक्षण देखिएका व्यक्तिको मात्र नमुना परिक्षण गर्न अनुरोध गरेपछि भारतबाट जिल्ला भित्रिएका…