राँझा, ७ जेठ । वर्षाद्मा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण नरैनापुर क्षेत्र वर्षायाममा डुबानमा पर्छ । जसका कारण यहाँका स्थानीयवासीलाई जीउधन जोगाउनै सास्ती हुने गर्छ । यहाँका स्थानीयवासीको हिउँदको पीडा फेरि अर्कै छ ।…