लुम्बिनी

तिनाउ मिसन डेभलपमेन्ट बैंक तौलिहवाद्वारा खाद्यान्न सामाग्री सहयोग



 कपिलवस्तु ३० चैत्त । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले चैत्र ११ गते देखी मुलुकभर लकडाउन गरिरहेको छ। देश भर लकडाउन गरिरहँदा दैनिकी ज्याला मजदुरी गरेर आफु र आफ्नो परीवार पाल्नेहरु खाधान्न अभावमा यति बेला सबै भन्दा मर्कामा परिरहेका छन्। सोही समस्यालाई मध्यनजर गर्दै तिनाउ मिसन डेभलपमेन्ट बैंकको तौलिहवा शाखाले आईतवार कपिलवस्तु नगरपालिकालाई खाधान्न सामाग्री सहयोग गरेको छ।  तौलिहवा शाखाका शाखा प्रवन्धक नबिन भुसालले कपिलवस्तु  नगरपालिकाका नगर प्रमुख किरण सिँह लाई खाधान्न राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो। सो सहयोग बैंकको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत रहेर गरिएको अन्य सामाजिक क्रियाकलापहरु लाई आगामी दिनमा पनि बैंकले निरन्तरता दिने तौलिहवा शाखाका शाखा प्रवन्धक नबिन भुसालले वताउनुभयो । यस्तै कपिलवस्तु  नगरपालिकाका नगर प्रमुख किरण सिँहले नगरपालिकाले स्थापनागरेको दैवीप्रकोप उद्धार विषेश कोषमा तिनाउ मिसन डेभलपमेण्टको तौलिहवा शाखाले खाधान्न सहयोग गरेर सामाजिक उत्तरदायित्व बहन गरेकोमा आफु र नगरपालिका खुशी भएको वताउनुभयो। साथै कुनै पनि सहयोग ठुलो सानो नहुने बताउदै सिँहले  मुलुक संकटमा गुज्रिरहेको अवस्थामा सहयोग हात आगाडी बढाउनुनै महानकार्य र आजको प्रमुख आवश्यकता रहेको उल्लेख गर्नुभयो।

प्रकाशित : ३० चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६