प्रदेश

कक्षा १० देखि १२का विद्यार्थीकालागि लकडाउनमा विशेष अवसर,टेलिभिजन पाठशाला शुरु,दैनिक ३ घण्टा पढाई हुने



कपिलवस्तु १ बैशाख । राष्ट्रव्यापी प्रशारी कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत  समुदायिक टेलिभिजन वुद्धआवाज एच.डीले सोमवार देखि विद्यार्थीहरुको लागि लक्षित गरि टेलीभिजन पाठशालाको शुभारम्भ गरेको छ । नयाँ वर्षको अवसर पारी नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलबस्तुको सहकार्यमा टेलीभिजनले पाठशाला कार्यक्रम शुरु गरेको हो । लकडाउनको समयमा विद्यालय तथा क्याम्पसहरु संचालनहुन नसकेको अवस्थामा विद्यार्थीहरुको सिकाईमा सहयोग पुर्याउनका लागि विषय विज्ञ शिक्षकहरुको सहभागीतामा टेलिभिजन पाठशाला संचालन गरेको हो ।

                यसरी संचालन हुने पाठशालमा हरेक दिन दिउसो १ वजे देखि ४ वजे सम्म संचालन हुने छ जस अनुसार कक्षा १० देखि १२ सम्मका अंग्रेजी ,गणित ,विज्ञान र लेखा विषयलाई हरेक  दिन टेलिभिजनजाट लाइभ प्रशारण गरेर पठनपाठनको ब्यवस्था मिलाइएको हो । टेलिभिजन पाठशालाको सोमवार औपचारीक रुपमा उद्घाटन गरिएको छ । उद्घाटनको दिन विषय विज्ञ शिक्षक उज्वल अधिकारीले एसईई विद्यार्थीहरुको लागि केन्द्रित गरि गणीत विषय र शिक्षक सुरेन्द्र घिमिरेले कक्षा ११ र १२ का लागि सहयोग पुग्ने लेखा विषयमा टिभि पाठशालाको माध्यमवाट शिक्षण गर्नु भएको छ ।

            नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलबस्तुका अध्यक्ष रमेश पन्थीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वोल्दै शिक्षक संगठनका पुर्व अध्यक्ष तथा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले अहिले संचार प्रविधिको प्रयोग वढिरहेको अवस्थामा वुद्धआवाज टेलीभिजनवाट शुरु भएको यस कक्षाले विद्यार्थीहरुको लागि धेरै फाईदा पुग्ने वताउनु भयो । उहाँले संगठन र टेलीभिजनको सहकार्यले वालवालीकाहरुको शिक्षण सिकाईमा मद्धत पुग्ने धारणा राख्नु भयो ।

            सोहि अवसरमा बुद्धआवाज संचार गृहका व्यवस्थापक भेषराज पाण्डेले टेलीभिजन मार्फत पाठशाला कार्यक्रम संचालन गरेर कक्षा १० को विद्यालयमा पढाई हुन वाँकी रहेका पछिल्ला इकाइवाट कक्षा शुरु गर्ने र विद्यार्थीले म्यासेन्जर मार्फत पठाएका प्रश्नको शिक्षकले हल गर्ने ब्यवस्था मिलाईएको   वताउनु भयो । 

        वाल माध्यमिक विद्यालयका शिक्षक सुर्य चुदालीको स्वागत, शिक्षक उज्ज्वल अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा वोल्दै संगठनका जिल्ला अध्यक्ष रमेश भुसालले जिल्लामा शैक्षिक क्षेत्र विकासका लागि टेलीभजन पाठशाला सुरु गरिएको र नियमित रुपमा यस्तै खालका कार्यक्रमहरु उत्पादन गर्दै प्रशारण गर्ने योजना रहेको धारणा राख्नु भयो । 

            सामुदायिक टेलिभिजनवाट दैनिक रुपमा प्रशारण हुने यस कार्यक्रममा विद्यार्थीरुका समस्यालाई संवोधन गर्नको लागि विषयगत शिक्षकको मोवाइल फोनमा फोन गर्न सकिनेछ ।  बुद्ध आवाज टिभिको युटयूव च्यान सब्सक्राइव गरेर र बुद्ध आवाज टेलिभिजनको फेसबुक पेज बुद्ध आवाज मिडिया ग्रुपलाई लाइक गरेर स्वत यस्ता उपयोगी सामाग्री आफ्नै मोवाइलमा पाउन सकिने ब्यवस्था मिलाइएको ब्यवस्थापक भेषराज पाण्डेले जानकारी दिनु भयो । 

            थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस https://youtu.be/MVfztXTYWpE 

 facebook.com/Buddha Awaaz Media Group

प्रकाशित : १ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६