बाग्लुङ, २७ बैशाख । सदियौँ पुरानो सती घाटु यसपालि देखाइएन । न कोही घाटुनी बने, न नाचे । महिना दिन चल्ने घाटु सम्झिइयो मात्र । पुस्तैनी परम्परा अपर्झट रोकियो । गलकोट नगरपालिका–१० पाण्डवखानीमा प्रचलित ऐतिहासिक सती घाटु पनि कोरोना कहरबाट अछुतो रहेन । वैशाख कृष्ण औँसीमा शुरु भइ जेठ तेस्रो साता विर्सजन गरिने घाटु अर्को वर्ष…