लुम्बिनी

एसईई पाठशालाका शिक्षकलाई सम्मान



पाल्पा, २६ बैशाख । दूर शिक्षा रेडियो कार्यक्रम अन्तरगत एसईई पाठशाला संचालन गर्दै आएका सातजना शिक्षकहरुलाई पाल्पामा सम्मान गरिएको छ । एसइई परिक्षा स्थगित भएपछि सामुदायिक रेडियो मदनपोखराले विगत १ महिनादेखि विहान १० बजेदेखि वेलुका ४ बजेसम्म ७ वटा विषयमा दुरशिक्षा कार्यक्रम संचालन गर्दै आएको थियो । सम्मान गर्दै सामुदायिक रेडियो मदनपोखरा पाल्पाले शिक्षकलाई विदाई गरेको छ ।  

शिक्षक सम्मानमा कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाठशालाका शिक्षकहरुलाई कदरपत्र प्रदान गर्दै रेडियो पाठशालाले देशभरी नै आकर्षण पैदा गरेको बताउनु भयो । महामारी र बन्दाबन्दीका बेला सामुदायिक रेडियो मदनपोखराले संचालन गरेको दूरशिक्षा कार्यक्रम विद्यार्थीको लागि प्रभावकारी भएको नगर प्रमुख शाहीले बताउनु भयो । सामुदायिक रेडियो मदनपोखराका सञ्चालक समितिका सदस्य सोमनाथ अर्यालले रेडियो र पाठशालाका शिक्षकहरुले विपदमापनि रेडियोमार्फत् पठनपाठन गरेर सेवा प्रदान गरेको बताउनु भयो ।  

कार्यक्रममा शिक्षक रामजीवन ज्ञवाली, चन्द्रकान्त न्यौपाने, नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले एसईई पाठशालाले शैक्षिक तनावमा रहेका विद्यार्थी र चिन्तित अभिभावकलाई आशाको सञ्चार गर्न सफल भएको बताउनु भयो । रेडियोका स्टेशन प्रबन्धक राजेशकुमार अर्यालले रेडियो पाठशाला संकटका बेलामा समुदायको सहयोगीबन्ने प्रयास गरेको बताउनु भयो । 

        यो एसईईका लागि सहयोगी कक्षा भएकोले अन्तिम तयारीमा रहेका बालबालिकालाई परीक्षा सरेपछि जानेका कुरा पुनः दोह¥याउने र नजानेका कुरा सिक्ने अवसर मिलेको स्टेशन प्रवन्धक अर्यालले बताउनु भयो । रेडियो मदनपोखरासँगै नेपालका ३० भन्दा धेरै रेडियो स्टेशनले हरेक दिन विहान सवा १० बजेदेखि ४ बजेसम्म दूरशिक्षा रेडियो कार्यक्रम एसइई पाठशाला प्रसारण गर्दै आएका थिए । 

        एसइई पाठशाला रेडियो कार्यक्रममा दमकडा माध्यमिक विद्यालयका शिक्षक होत्रीराज ढुंगानाले अंग्रेजी, जनता माध्यमिक विद्यालयका शिक्षक रामप्रसाद ढकालले अनिवार्य गणित, देववाणि साधारण तथा संस्कृत माध्यमिक विद्यालयका रामजीवन ज्ञवालीले विज्ञान, दमकडा माविका जीवन आचार्यले कम्प्यूटर, दमकडाकै एकराज ज्ञवालीले सामाजिक अध्ययन र माउन्ट भ्याली बोर्डिङ स्कुलका प्रेमराज खरालले नेपाली र न्यू होराइजनका चन्द्रकान्त न्यौपानेले स्वास्थ्य, जनसंख्या तथा वातावरण बिषयको पठनपाठन गराएका थिए । पाल्पामा सामुदायिक रेडियो मुक्तिनाथ, सनराईज टेलिभिजन र युनिम एफले पनि एसर्ईई र उच्च माविका विधार्थीलाई लक्षित गरी दुरशिक्षा कार्यक्रम संचालन गर्दै आएका छन । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६