लुम्बिनी

दाङमा क्वारेन्टाइनमा बसेकाको सबै रिपोर्ट नेगेटिभ



दाङ, २६ बैशाख । दाङ जिल्लमा आइसोलेशनमा बसेका सबै जनाको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कोरोना विशेष अस्पताल बेलझुण्डी र  लमही अस्पतालमा राखिएका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको हो । घोराहीस्थित प्रतिष्ठानमा रहेको कोरोना जाँच प्रयोगशालामा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड –१९ फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार आइसोलेशनमा रहेका सबैको स्वास्थ्यावस्था सामान्य छ ।

            दाङका आइसोलेशनमा पिसिआर जाँच गराएका १८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । । पालिकाले बनाएका क्वारेन्टाइनमा शुक्रबारसम्म ७९ जना रहेको पनि फोकल पर्सन चन्दले जानकारी दिनुभयो ।  तुलसीपुर उपमहानगरपालिकामा २४, बबई गाउँपालिकामा नौ, लमही नगरपालिकामा ३५, गढवा गाउँपालिकामा ६  र घोराही उपमहानगरपालिकामा पाँच क्वारेन्टाइनमा रहेका थिए ।यसअघि क्वारेन्टाइनमा बसेका १९७ जनाको आरडिटी  गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएका हुँदा उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६