काठमाडौं, १० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ जारी गरेको छ। कोरोना महामारीका कारण स्थगित भएको परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले कार्यविधि जारी गरेको हो। मूल्याङ्कन गर्दा २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०,…