काठमाडौं, २७ जेठ । प्रतिनिधिसभाका सदस्यहरुले नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सा जारी हुनुले छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपालको संविधान ९दोस्रो संंशोधन० विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा उहाँहरुले लामो समयदेखि थाती रहेको सीमा मुद्दालाई किनारा लगाउने क्रममा नयाँ नक्सा जारी गरी संधिवान संशोधन प्रस्ताव ल्याउने आँट…