जाजरकोट, ७ असार । शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा सडक भत्किँदा यातायात सेवा अवरुद्ध भएको छ । छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो । करिब ३० मिटरभन्दा बढी सडक…