काठमाडौं, ३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जतिसक्दो चाडो वार्ता गरेर भारतले मिचेको नेपालको भूमिसहितको नक्सा सार्वजनिक गर्ने बताउनु भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले पूर्खाको इतिहास मेटिन नदिने जसरी पनि ल्याई छाड्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो हामीले अहिले लडनु जरुरी छैन । भारतसँग असल मित्रता चाहन्छौं ।…