सुर्खेत, ८ जेठ । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाका सुर्खेतका बबई र कुइने तथा सल्यानको कपुरकोटमध्ये पहिलो…