पाल्पा, २७ बैशाख । पाल्पामा विपन्न र अर्थाभाव भएका परिवारलाई फुसको छाना मुक्त बनाउने अभियान शुरु भएको छ । फुस अर्थात खरको छाना हटाएर जस्तापाताले घर छाउने बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरिराख्न…