बागलुङ, २२ साउन । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङ खोलामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । भीमगोठमा रहेको इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको ज्यान गएको हो । यस्तै बडिगाड–१० आरुपाटामा जोगलाल बुढाको घर र गोठ पुरिँदा तीन जना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी…