पाल्पा, १३ माघ । तानसेन-रानीमहल सडकखण्ड साढे एक महिना बन्द हुने भएको छ। यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो। ४८ दिन पूर्णरूपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए। सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ। उक्त सडकखण्डको अवलदेखि रानीमहलसम्म सडक ढलाई तथा मर्मत गर्ने काम हुनेछ।…